भारतमा नेपाली सवार बस ट्रकसंग ठोकियो

भारतको उत्तर प्रदेशमा नेपाली सवार बस दुर्घटना भएको छ ।

Advertisement

बुधबार राति भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कम्तीमा १० नेपाली घाईते भएको बताईएको छ ।

बस राति कांठबाट अगाडि जाँदै गर्दा समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा ठोक्किएको बताईएको छ ।

उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ ।

भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो ।

Advertisement

घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत रहेको बताइएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री