शारिरिक सम्बन्ध बनाएपछि बिजुलीको तारले घाँटी अठ्याएर मारिएको थियो तेस्रो लिङ्गी अजितालाई
प्रहरीले तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो ।
घटनामा संलग्न भनिएका २ जना भने अझै फरार रहेको सम्मेलनमा जानकारी दिईयो ।
सहमतिमा यौन सम्पर्क राखेपछि पैसामा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आरोपिले पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेपछि शव ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।
अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।
हेटौंडा–११ कि तेस्रो लिङ्गी अजिता भुजेल गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।
प्रतिक्रिया