शनिबार, ५ जेठ २०८१

यी नेपाली नायिकाको फोटो राखेर बार्सिलोनाले भन्यो–वी लभ नेपाल

समयपोष्ट २०७६ माघ २० गते १८:२२

Advertisement

नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो ।

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् ।

Advertisement

गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ–वी लभ नेपाल (हामी नेपाललाई माया गर्छौँ) ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् ।यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री