आइतबार, १६ वैशाख २०८१

कसले सजाउदै छ यी सुन्दरीको डोली ?

समयपोष्ट २०७६ माघ २० गते १२:५५

Advertisement

नेपाली कलाकारिता क्षेत्रमा विवाहकाे बाढी आइरहदा पुर्व मिस नेपाल श्रृंखला खतिवडा पनि वैवाहिक बन्धनमा बाँधिने भएकी छिन। चर्चित ब्लगर सिसन बानियाँसँग लामो समय देखि प्रेम सम्बन्धमा रहेकाे चर्चा चलिरहदा खतिवडाले आफ्नो सम्बन्ध यसअघि पटकपटक लुकाउँदै आएकी थिईन् ।

मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहेन। नायिका ऋचा शर्माले केही महिना पहिले विवाह गरिन् । अहिले प्रियंका कार्की विवाहको तयारीमा छिन् र आँचल शर्मा पनि आँउदाे फाल्गुनमा विवाह गर्दै छिन, यता केकी अधिकारी लगायतको केही अभिनेत्रीसम्मको विवाहको चर्चा सुरु भएको छ । यो भिडमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि आएकी छिन् । उनी आउँदो वर्ष वैवाहिक बन्धनमा बाँधिने देखिएको छ ।

पछिल्लो समय खतिवाडा र बानियाँ बिच प्रेम फैलदै गएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने लगाभग पक्का भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण सुरु भएको थियो।

उनीहरू देश तथा विदेशको यात्रामा समेत प्रायः सँगै देखिने गरेका छन् । यो जोडी केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए। त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । यति मात्रै होईन उनीहरु युरोप भ्रमणमा पनि निस्केका थिए । उनीहरुको प्रेम सम्बन्धको चर्चा अहिले खुलस्त भइरहेको भए पनि यी दुईले भने आधिकारीक जानकारी दिएका छैनन्।

टर्कीमा रहँदा यो जोडीको एक तस्बिर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् ।

श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । तपाँलाई जानकारी गराउँ श्रृंखलाका बुवा–आमा दुवै नेकपा (हेटौडा) बाट सांसद हुन् । उनको बुवा प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र आमा मुनु सिग्देल खतिवडा बागमती प्रदेश सांसद हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री