सोमबार, १७ वैशाख २०८१

इजिप्टका खेलाडीसंग बिल गेट्सकी छोरीकाे विवाह !

समयपोष्ट २०७६ माघ १९ गते १५:४१

Advertisement

बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन् ।

सिएनएनका अनुसार माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको हो ।

जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन्। नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन् ।

जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ ।

जेनिफरले नायालसँगको फोटो राख्दै मायालु सन्देश पनि लेखेकी छन्- ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु’।नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन्। दुवैलाई घोडचढी खेलमा रूचि छ ।’

गत वर्ष एक अन्तर्वार्तामा जेनिफरले भनेकी थिइन्- घोडाहरू हाम्रो जीवनको एक पाटो हुन्। अनि खेलमा हाम्रो अगाध रूचि छ। नायल व्यवसायिक छ। म त सोखका लागि मात्र गर्छु।’

‘म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ,’ उनले जेनिफर र आफ्नो फोटोमा लेखेका छन्, ‘जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकामा धन्यवाद।’

जेनिफरका आमाबुवा मेलिन्डा र बिल गेट्सले पनि इन्स्टाग्राममा आफ्ना खुसी बाँडेका छन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री