सोमबार, १७ वैशाख २०८१

पूर्व मिस नेपाल खतिवडाले लगनगाँठो कस्दैँ

समयपोष्ट २०७६ माघ १८ गते १४:३९

Advertisement

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि छिट्टैनै लगनगाँठो कस्ने भएकी छिन् ।

भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले आफु सिंगल रहेको बताउँदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री