निर्मला पन्त हत्या प्रकरण : आमा दुर्गादेवीको डीएनए रिपोर्ट यस्तो आयो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मिलेको छ ।

Advertisement

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

‘मृतकको डीएनए प्रोफाइलसँग उनकी आमाको रगतको नमुना म्याच भयो भनेर आएको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘त्यसको टेक्निकल भाषा अटोसोमल एसटीआर’ भनिँदोरहेछ , सर्टकर्टमा प्रोफाईल म्याच भयो भन्ने रिपोर्ट आएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री