शनिबार, ५ जेठ २०८१

जब सलमान र ऐश्वर्या एकैपटक पार्टीमा पुगे….

समयपोष्ट २०७५ माघ १४ गते १३:२७

Advertisement

बलिउड फिल्म निर्देशक सुभाष घईको पार्टीमा बलिउड अीभनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय आमुने सामुन्ने भए ।

घईले जन्मदिनको अवसर पारेर फिल्म इन्डष्ट्रिका विभिन्न सेलिब्रिटीहरुलाई निम्त्याएका थिए । सो पार्टीमा कुनै बेला प्रेम सम्बन्धमा रहेको भनिएका सलमान र ऐश्वर्या एकैपटक कार्यक्रममा पुगे । दुबैको आमने–सामने पनि भए तर उनीहरुले एक–अर्कालाई नजरअन्दाज गरेको भारतीय मिडियाले जनाएका छन् ।

मिडिया रिपोर्टलाई मान्ने हो भने सुभाष घईको यो पार्टीमा ‘एन्ट्री’ र ‘एग्जिट’ भिन्न थियो । पार्टीमा सलमान र ऐश्वर्या दुबै एक–अर्काको नजिकसमेत नपरेको रिपोर्टले जानकारी दिएको छ ।

स्मरण रहोस्, सलमान खान र ऐश्वर्या फिल्म ‘हम दिल दे चुके सनम’ मा नजिक भए । त्यसपछि यी दुईबीच प्रेम बस्यो ।

Advertisement

एक अन्तरवार्तामा सलमानले आफू ऐश्वर्यालाई अत्यधिक माया गर्ने बताएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री