मंगलबार, ३१ असार २०८२

डिशहोमले ल्यायो कम मूल्यका विभिन्न प्याकेज

समयपोष्ट २०७५ माघ १३ गते १८:१७

Advertisement

डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै सबै भन्दा सस्तो मासिक मूल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ ।

डिशहोमले वजारकै सवै भन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० प्रति महिना उपलब्ध गराएको छ ।

त्यसैगरी, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडी प्याकेज ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज ४०० प्रति महिनामा उपलब्ध गराएको छ ।

यही माघ १० गतेवाट नयाँ एक्टिभेशनमा यो योजना लागू हुनेछ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गर्ने ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमल ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ ।

पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाख भन्दा वढी परिवारहरु ले प्रयोग गरिरहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै वसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ ।

चौविसै घण्टा संचालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवा लिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्रका हरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदान गर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ ।

नेपालको पे टिभि इन्डस्ट्रीमा सवै भन्दा ठुलो वजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनी मध्ये पर्दछ । दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालिलाई सुचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष लिएको डिशहोम आगामी दिनहरुमा यस्तै वजारमुखी सेवाहरु थप गर्दै जाने योजनामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री