शनिबार, ५ जेठ २०८१

संजय दत्तले छोरीसंगको यस्तो तस्बिर राखेपछि लगाइयो यस्तो आरोप

समयपोष्ट २०७५ माघ १३ गते १४:५४

Advertisement

हालै संजय दत्तले आफ्नी छोरी इकरासँगको एक तस्बिर सेयर गरेका छन् । यो तस्बिरसँगै उनले एक विशेष मेसेज पनि लेखे तर सोसल मिडियाका प्रशंसकलाई संजयको विशेष मेसेजले आहत पुर्याएको छ । जसका कारण उनी निकै ट्रोल भइरहेका छन् ।

संजय दत्त फोटोमा एक प्रोटेक्टिभ पिता देखिएका छन् । उनले इकरालाई निकै प्रेमपूर्वक अँगलो मार्दै उनको टाउकोमा चुमिरहेको देख्न सकिन्छ । संजयले आफ्नी छोरी इकारालाई नेशनल गर्ल चाइल्ड डे विश गर्दै लेखेका छन्, ‘मेरी छोरी मेरो सम्पत्ति हो । म प्रार्थना गर्छु कि हरेक छोरीले त्यो माया र सद्भाव पाउन् जसको उनीहरु हकदार छन् ।’

तर संजय दत्तको कुरा प्रशंसकलाई भने बेकार लागेको छु । संजयले आफ्नी जेठी छोरी त्रिशालासँगको कुनै पनि फोटो नराखी छोरी इकराको मात्र पोष्ट गरेको भन्दै आलोचना गरेका छन् । यो पोष्टमा मानिसहरुले संजय दत्तलाई उनकी जेठी छोरीको याद दिलाउँदै दुई छोरीबीच भेदभाव गरेको आरोप लगाए ।

Advertisement

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘त्रिशाला दत्त बारे के भन्नुहुन्छ । तपाईंकी जेठी छोरी होइन र ? म यहाँ नकारात्मकता फैलाइरहेको छैन तर म पनि एक जेठी छोरी भएको नाताले यो प्रश्न सोधिरहेकी छु । ’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री