
भारतले आज आफ्नो ७० औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतको ७० औं राष्ट्रिय दिवसको अवसरमा दूतावास परिसरमा भारतीय झन्डा फहराई भारतीय राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाए ।

कार्यक्रममा नेपालमा बसोवास गर्ने भारतीय नागरिक, राजदूताबासका कर्मचारी, उनिहरुका परिवार र मिडियाको उपस्थिति रहेको छ ।

भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिक र विभिन्न जिल्लाका संघसंस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।
सन्देशमा उनीहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।










प्रतिक्रिया