शनिबार, ५ जेठ २०८१

शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को सुटिङ सेटमा एक जनाको मृत्यु

समयपोष्ट २०७५ माघ ११ गते १६:१५

Advertisement

शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को सुटिङका क्रममा एकजनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मसुरीको एक होटलमा सुटिङको क्रममा एक जेनेरेटर अपरेटरको मृत्यु भएको हो । मृतक फिल्मको सेटमा जेनेरेटर बनाइरहेका थिए ।

त्यति नै बेला उनले लगाइरहेको गलबन्दी जेनेरेटरको फ्यानमा अड्कियो जसका कारण उनको टाउको फ्यानमा ठोक्कियो । मृतकको टाउकोमा गम्भीर चोट आएको थियो जसका कारण उनलाई देहरादूनको अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।

मृतकको पहिचान मुजफ्फरनगरको किनोनी गाउँका ३५ वर्षे राम कुमारको रुपमा भएको छ । यसबारे जानकारी दिँदै निरज कठैत भन्छन्, ‘मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको छ र शुक्रबार पोष्टमार्टम गरिनेछ ।’ यो घटनापछि फिल्मको सुटिङ रोकिएको छ ।

Advertisement

यो फिल्म तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो र यसमा शाहिखका साथै कियारा आडवाणी मुख्य भूमिकामा हुनेछन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री