शनिबार, ५ जेठ २०८१

बलिउडमा रातारात तहल्का मच्चाएका यी हुन् रेखाका जीवनका ‘बोल्ड फिल्म’

समयपोष्ट २०७५ माघ १० गते १४:३६

Advertisement

बलिउडमा करिब दुई दशकभन्दा बढी राज गरिन् रेखाले । करियरको दौरान उनले अभिनय गरेका सयौँ फिल्म निकै नै लोकप्रिय भए । जसमा उनले शुशील महिलादेखि बोल्ड महिलाको भूमिका पनि निर्वाह गरीन् । तर उनले अभिनय गरेका केही बोल्ड फिल्मले रातारात तहल्का नै मच्चायो ।

उत्सवः सन् १९८४ मा निर्देशक गिरीश कर्नाडद्वारा निर्देशित फिल्म ‘उत्सव’ मा रेखाको मुख्य भूमिका रहेको थियो । जसमा उनले वसन्तसेना नामकी महिलाको भूमिका निभाएकी थिइन् । जो एक गरीब व्यक्तिसँग सम्बन्धमा रहन्छिन् । फिल्ममा शेखर सुमन र रेखाको बोल्ड सिन रहेको छ । शशि कपूरले प्रोकक्सनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन साथै दर्शकको आलोचना शिकार समेत खेप्नपर्यो ।

खिलाडियो का खिलाडी (१९९६): सन् १९९६ मा अमेश मेहराद्वारा निर्देशन गरिएको फिल्म ‘खिलाडियो का खिलाडी’ मा रेखा र अक्षयको मुख्य भूमिका रहेको थियो । यो फिल्ममा रेखा र अक्षयको बोल्ड सीन रहेको थियो । फिल्म दुवैको करियरमालाई अझै उचाईमा पुर्याउन सफल भयो । यो फिल्मपछि रेखा र अक्षयको अफयरको पनि चर्चा सुनियो ।

Advertisement

आस्थाः फिल्म ‘आस्था’ लाई निर्देशक बासू भट्टाचार्यले सन् १९९७ मा निर्देशन गरेका थिए । फिल्ममा ओम पुरी र नवीन निश्चलसँगै रेखाको भूमिका रहेको थियो । यो फिल्मको पोस्टर हेरेरनै धेरैले अनुमान लगाउँन सक्छन कि फिल्म कतिसम्म बोल्ड थियो भनेर । रेखामा यस फिल्ममा ओम पुरीसँग निकै नै बोल्ड सिन दिएकी थिइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री