गोंगबुको गेष्ट हाउसमा गोली चल्यो

काठमाडौँको नयाँ बसपार्कस्थित गोंगबुको एक गेष्ट हाउसमा प्रहरीले गोली चलाएको छ ।

Advertisement

गोली प्रहारबाट अभिलाश तामाङ घाइते भएका छन् । हतियार कारोबारी भएको आशंकामा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै उल्टो जाईलागेपछि प्रहरीले गोली चलाएको हो । तामाङको खुट्टामा गोली लागेको छ ।

तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री