सोमबार, २४ वैशाख २०८१

म साउदी अरबबाट यसकारण भागे

समयपोष्ट २०७५ माघ ७ गते १२:०५

Advertisement

नाम, सलवा । उमेर २४ बर्ष । उनी १९ बषिर्य बहिनीसँगै घर छाडेर भागेकी थिइन्, आठ महिनाअघि । अहिले उनी क्यानडामा आश्रय लिइरहेकी छिन् । सलवाको कथा, उनकै शब्दमा ।

घर छाड्ने तयारी

हामीले करिब ६ बर्षदेखि साऊदी अरब छाड्ने तयारी गरिरहेका थियौं । तर, यसका लागि हामीलाई पासपोर्ट र नेशनल आईडी कार्डको आवश्यक्ता हुन्थ्यो ।

मलाई यी सबै दस्तावेजका लागि आफ्नो अभिभावकको सहमतिको जरुरी थियो ।(साऊदी अरबमा महिलाले इच्छा गरेको कुनैपनि कुरा प्राप्त गर्न पुरुषको अनुमति जरुरी हुन्छ ।)

Advertisement

राम्रो कुरा चाहि के भने, मसँग आईडी कार्ड थियो, किनकी विश्वविद्यालयमा पढ्ने क्रममा मेरो परिवारले यसका लागि सहमति दिएका थिए ।

मसँग पासपोर्ट पनि थियो, किनभने मैले दुई बर्षअघि अंग्रेजीको परीक्षाका निम्ति पासपोर्ट बनाएकी थिएँ । तर, मेरो परिवारले यी सबै कागजात राखेको थियो । त्यसलाई मैले परिवारबाट लिनुपर्ने हुन्थ्यो ।

मैले आफ्नो भाईको घरबाट चाबी चोरें । र, बजरामा गएर त्यस्तै नक्कली चाबी बनाएँ । जब घरका सबै परिवार सुतेका थिए, मैले चाल मारेर घरभित्रबाट यी कागजात लिएँ । यो निकै जोखिमपूर्ण काम थियो । किनभने मैले यी सबै गरेको परिवारका कसैले भेउ पाउन सकेका भए म पक्राउ पर्ने थिएँ । र, त्यसका निम्ति मैलें जस्तोसुकै सजया भोग्न राजी हुनुपथ्र्यो ।

अब मसँग चाबी थियो, त्यसैले मेरो र बहिनीको पासपोर्ट निकाले । पिता सुतिरहेका थिए, उनको फोन पनि लिएँ ।

यसका माध्यामबाट मैले गृह मन्त्रालयको एक वेबसाइटमा उनको अकाउन्टमा लगइन गरें र त्यसमा पंजीकृत नम्बरलाई बदलेर आफ्नो नम्बर राखें ।

मैलें उनको एकाउन्टबाट हामी दुबै देश छाड्ने सहमति लिएकी थिएँ ।

कसरी निस्किएँ घरबाट ?

एक रात जब सबैजना सुतिरहेका थिए, हामी दुबै उठेर भाग्यौं । त्यसबेला हामी दुबै एकदम तनावमा थियौं ।

हामी ड्राइभ गर्न सक्दैनथ्यौं । त्यसैले हामीले ट्याक्सी मगायौं । राम्रो कुरा चाहि के भने, सबै ट्याक्सी चालक विदेशी हुन्छन् । यसकारण हामी एक्लाएक्लै हिँडेको कुरामा पनि उनीहरुलाई कुनै वास्ता हुँदैन ।

हामी रियाद नजिक किंग खालिद इन्टरनेशनल एयरपोर्टका लागि निस्कियौं । यदि त्यसबेला कसैले थाहा पाएको भए के हुन्थ्यो ? हामी स्वयम् अनुमान गर्न असमर्थ छौं । किनभने यस्तो अवस्थामा हाम्रो हत्या हुनु पनि सामान्य थियो ।

जब म कलेजको अन्तिम बर्षमा अध्ययन गरिरहेकी थिएँ, त्यहीबेलादेखि म एक अस्पतालमा काम गरिरहेकी छु । मैले यति पैसा जम्मा गरेकी थिएँ कि, जर्मनीका लागि एक हवाई जहाज टिकट र एक ट्रान्जिट भिषा खरिद गर्न सकौं । मसँग बेरोजगारी भत्ताको पनि पैसा थियो ।

मैलें आफ्नी बहिनीसँग जर्मनीको फ्लाइट लिएँ । त्यो पहिलो पटक थियो, जब म हवाई जहाजमा बसेकी थिएँ । त्यो एक गजब अनुभव थियो । म खुसी थिएँ, डराएकी थिएँ । म एकसाथ सबैकुरा महसुष गरिरहेकी थिएँ ।

जब मेरो पितालाई थाहा भयो कि, हामी दुबै घर छाडेर भाग्यौं तब उनले प्रहरीलाई खबर गरे । तर, यतिबेलासम्म निकै ढिला भइसकेको थियो । किनभने हामी घरबाट धेरै टाढा पुगिसकेका थियौं । जस्तो कि, मैलें गृह मन्त्रालयको वेबसाइटमा उनको फोन नम्बर बदलेको थिए र जब उनले अधिकारीलाई फोन गर्थे त्यो मलाई आउथ्यो ।

जब हामी जर्मनीमा उत्रियौं, तब मलाई प्रहरीबाट एक म्यासेज आयो, जुन मेरो पिताको लागि थियो ।

जब पुगें जर्मनी

साऊदी अरबमा कुनै जिन्दगी छैन । मेरो जिन्दगी केवल यति थियो कि, म घरबाट विश्वविद्यालय र त्यहाँबाट घर आउँथें । यसबाहेक म केही गर्न सक्दिनथे ।

परिवारले मलाई खराब कुरा सिकाएको थियो, जस्तो कि पुरुष महिलाभन्दा माथि हुन्छ । मलाई रमजनमा रोजा राख्नका लागि बाध्य तुल्याइन्थ्यो ।

जब म जर्मनी पुगें, तब आश्रयका लागि कानुनी सहयोग लिन वकिलकहाँ गएँ । मैले फारम भरें र उनलाई आफ्नो कथा बताएँ ।

मैले क्यानडामा बस्ने निर्णय लिएँ किनभने मानवअधिकारको सन्दर्भमा यो देश एकदम राम्रो मानिन्छ । मैले खबरमा पढेकी थिएँ कि सीरियाको शरणार्थीलाई त्यहाँ आश्रय दिइदैछ ।

जब म टोरन्टो उत्रिए, तब एयरपोर्टमा क्यानडाको झन्डा देखें । र, त्यहाँ बस्नु मेरो खातिर एक उपलब्धी जस्तै थियो ।

म अहिले आफ्नी बहिनीसँग बिना कुनै तनाव मन्ट्रीओलमा बसिरहेकी छु । यहाँ मलाई केही गर्नका लागि कसैले बाध्य पार्दैनन् । हुनसक्छ, साऊदी अरबमा बढी पैसा हुन्छ । तर, यहाँको जिन्दगी बढी उत्कृष्ट छ । जतिबेला चाहे, म आफ्नो अपार्टमेन्टबाट निस्कन सक्छु । यसका लागि मलाई कसैको सहमतिको आवश्यक्ता हुँदैन । यी सबै कुराले मलाई अपार खुसी दिएको छ । बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित सामाग्री