शुक्रबार, १४ वैशाख २०८१

प्राधिकरण र काबेली हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता

समयपोष्ट २०७५ माघ ३ गते २०:५१

File Photos: THT

नेपाल विद्युत् प्राधिकरण र काबेली हाइड्रो पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ ।

Advertisement

प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र काबेली हाइड्रो पावरका तर्फबाट वित्तीय निर्देशक गोपालकृष्ण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे । कूल २२ मेगावाट क्षमताको काबेली तेस्रो आयोजनामा नेपालको निजी क्षेत्रको शिक्षामा लामो समयदेखि लाग्दै आएका जेम्स स्कूलका सञ्चालक राजेश खड्का अध्यक्ष रहेका छन् ।

प्राधिकरणले वार्षिक रुपमा ३४ दशमलव ४९ प्रतिशत ऊर्जा उपलब्ध गराउने गरी छ महिना वर्षात र छ महिना हिउँद मानेर विद्युत् खरिद सम्झौता गरेको हो । प्राधिकरणको ७८१ औँ सञ्चालक समितिको बैठकको निर्णयअनुसार ‘टेक अर पे’ अर्थात् लिऊ वा तिर अवधारणामा विद्युत् खरिद सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । करीब रु चार अर्ब लागतको सो आयोजनामा रु एक अर्ब स्वपूँजी रहनेछ । बाँकी रकम भने कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट जुटाउनेछ । आगामी एक वर्षभित्र वित्तीय स्रोत जुटाएर निर्माण शुरु गर्ने तयारीमा कम्पनी रहेको प्रबन्ध सञ्चालक डाँगीले बताए ।

आयोजनाले प्राधिकरणबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्यवृद्धि हुने गरी खरिद सम्झौता गरेको छ । आयोजनाबाट वार्षिक १३ करोड ७० लाख ६४ हजार १५४ युनिट विद्युत् उत्पादन हुनेछ । ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा आयोजनास्थल रहेको आयोजनाबाट उत्पादित विद्युत् कूल १८ कलिोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणले निर्माण गरेको अमरपुर सवस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री