टोखामा २५० घर पुनःनिर्माण, ४६५ ले तेस्रो किस्ता बुझे
समयपोष्ट
२०७५ माघ २ गते २०:२१
भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि टोखा नगरपालिकामा हालसम्म २५० घरको मात्र पुनःनिर्माण सम्पन्न भएको छ ।
भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका एक हजार ७४५ घरमध्ये ४६५ ले तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताइन् । नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, बहुस्वामित्वका घर, क्षतिग्रस्त घर भत्काउँदासँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारण निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको उपप्रमुख डङ्गोलले जानकारी दिइन् ।
नगरपालिकामा पहिलो किस्ता लिने एक हजार ५५४ र दोस्रो किस्ता लिने लाभग्राही सङ्ख्या ६०० रहेको छ । त्यस्तै भवन संहिताअनुसार नभई प्रमाणीकरण हुन नसकेको लाभग्राही सङ्ख्या २१ रहेको छ ।
प्रतिक्रिया