आइतबार, २३ वैशाख २०८१

इमरानका छोराले क्यान्सरलाई जिते

समयपोष्ट २०७५ माघ १ गते १३:०६

Advertisement

बलिउड नायक इमरान हाशमीका ९ बर्षिय छोरा अयानले क्यान्सरसँगको युद्ध जितेका छन् । पाँच वर्षपछि डाक्टरले अयानलाई पूर्ण रुपमा क्यान्सरमुक्त बताएपछि इमरानले सामाजिक सञ्जाल मार्फत यस बारे जानकारी दिएका हुन् ।

इमरानले इन्स्टाग्राममा छोरासँगको एउटा फोटो सेयर गरेर यसबारे जानकारी दिएका छन् ।

फोटोसँगै इमरानले क्याप्सनमा लेखेका छन् , ‘रोग पत्ता लागेको पाँच वर्षपछि आज अयानलाई डाक्टरले क्यान्सरमुक्त घोषणा गरेका छन् । यो लामो यात्रा थियो । तपाईं सबैको प्रार्थनाको लागि धन्यवाद ।’

उनले थपे, ‘क्यान्सरसँग लडिरहेका सबै मानिसहरुका लागि मेरो प्रेम र शुभकामना । आशा र विश्वास राखिराख्नुहोस् । तपाईंले यो जीत जित्न सक्नुहुन्छ ।’

Advertisement

अयानको जन्म सन् २०१० मा भएको थियो । अयान इमरान र उनकी श्रीमती परवीन शाहनीका जेठो सन्तान हुन् । अयान चार वर्षको हुँदा इमरानलाई छोराको क्यान्सरबारे पत्ता लाग्यो । अयानलाई पहिलो स्टेजको क्यान्सर थियो । छोराको क्यान्सरबारे थाहा पाएका बेला उनले आफैंलाई प्रश्न सोधेका थिए, ‘कहाँनेर गल्ती भयो ?’

त्यसपछि क्यान्सरबारे मानिसहरुलाई जागरुक गराउने र आफ्नो कहानीबारे बताउने उद्देश्यले उनले एक किताब द किस अफ लाइफः हाउ अ सुपरहिरो एन्ड माय सन डिफेक्टेड क्यान्सर लेखे । यसमा उनले अयानको जन्म, उनको क्यान्सर र उपचारबारे लेखेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री