आइतबार, ८ असार २०८२

विवाद नसुल्झेसम्म चोभारमा विश्व बैंकले लगानी नगर्ने

समयपोष्ट २०७५ माघ १ गते ७:५२

Advertisement

विश्व बैंकले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्ने भएको छ ।
चोभारमा निर्माण हुन लागेको उक्त बन्दरगाहबाट प्रभावित चोभारबासी बैंकको काठमाडौं शाखामा पुगी उक्त विवादित परियोजनामा ऋण लगानी नगर्न धर्ना दिएका थिए ।

उक्त बैंकका प्रतिनिधि दीपकमान सिं श्रेष्ठले अहिलेको अवस्थामा लगानी नगर्न धारण राख्दै भने, ‘यो परियोजनामा तपाईहरु सुरुदेखिको फरक मत रहेको कुरा सरकारलाई जानकारी गराएका छौँ । वातावरणीय प्रभावित मूल्याकंन प्रतिवेदनमा पनि यो देखिन्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रबाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री