आइतबार, २३ वैशाख २०८१

यौन दुर्व्यवहारको मामलामा फसे अर्का चर्चित निर्देशक

समयपोष्ट २०७५ पुष ३० गते १२:५७

Advertisement

बलिउडका निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । चलचित्र सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गर्ने एक महिलाले उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी हुन् ।

ती महिलाले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म ‘सञ्जु’को काम भैरहदाँ दुर्व्यवहारमा परेको बताएकी छिन् । पीडित महिलाका अनुसार ९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक कार्यालयमा नै उनलाई दुर्व्यवहार गरेका थिए । त्यसपछिका ५ महिना उनका लागि राम्रो भएन ।

हफपोस्ट इंडियाको रिपोर्टअनुसार ती महिलाले सञ्जुका सह निर्माता विनोद चोपडालाई पनि मेल गरेर यो विषयमा जानकारी गराएको बताएकी छिन् ।

हिरानीले भने आरोप अस्वीकार गरेका छन् । उनका वकिल आनन्द देसाईले आरोपलाई झुटो, निन्दनीय, कसैसँग प्रेरित र अपमानजनक बताएका छन् । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री