मंगलबार, ३ असार २०८२

उपचार नपाउँदा प्रहरीको मृत्यु

समयपोष्ट २०७५ पुष २७ गते २०:४३

Advertisement

सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।

तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो ।

बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । लडेर घाइते भएका खड्काको समयमै उद्धार गरी अस्पतालमा लगिएको भए ज्यान बचाउन सकिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री