शनिबार, ५ जेठ २०८१

ऋतिकको जन्मदिनमा पूर्वपत्नी सुजैनले लेखिन् यस्तो मेसेज, ऋतिकका प्रशंसकले भने- नक्कल पार्न छोड

समयपोष्ट २०७५ पुष २६ गते १४:१७

Advertisement

बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौका पारेर पूर्वपत्नी सुजैन खानले सामाजिक सञ्जालमा मेसेज पोष्ट गरिन् । ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै इन्ष्टाग्राममा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’

सुजैनको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् । तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।अर्चना नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘आफ्नो सोलमेटलाई किन डिभोर्स गर्यौ ? नक्कल पार्न छोड ।’

ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे ।

Advertisement

सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ । केही समयअघि ऋतिक र सुजेनको पुनः विवाह हुने चर्चा चलेको थियो तर पछि दबैले यस्तो हुन नसक्ने बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री