शनिबार, ५ जेठ २०८१

अपर तामाकोशीको साढे १० करोड कित्ता शेयर सूचीकृत

समयपोष्ट २०७५ पुष २६ गते १३:४२

Advertisement

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम पुस २० गतेको निर्णय अनुसार कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर बिहीबार सूचिकरण भएको जनाएको छ ।

कम्पनी र नेप्सेबीच भएको सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनदेखि स्टकमा कारोबार हुने उल्लेख छ । यसअनुसार कम्पनीको शेयर आइतबार दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

स्टकका अनुसार १० अर्ब ५९ करोड रूपैयाँ बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपैयाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री