शनिबार, ५ जेठ २०८१

ऐश्वर्या माथि गरिएको सबैभन्दा ‘फोहोरी’ कमेन्ट, जसले उनलाई आज पनि बिझाउँछ

समयपोष्ट २०७५ पुष २६ गते ११:२५

Advertisement

बलिउडकी चर्चित नायिका एवंम बच्चन परिवारकी बुहारी ऐश्वर्या रायको बारेमा कसैले यति भद्धा कमेण्ट गर्यो कि उनी त्यसलाई कहिले बिर्सन सक्दिनन् । उनले एक भारतीय संचारमाध्यमसँगको अन्तर्वार्तामा कसैले उनलाई गरेको कमेण्टले उनलाई अहिलेसम्म बिझाउने बताइन् ।

अन्तर्वार्तामा जब उनलाई जीवनको सबैभन्दा फोहोरी वा भद्दा कमेन्ट कुन हो भन्ने प्रश्न सोधियो तब उनले जवाफ दिइन्, ‘नक्कली वा प्लास्टिक’ । ऐश्वर्याले त्यसबाहेक केही पनि भनिनन् न नै यसो भन्ने व्यक्तिको नाम नै लिइन् । तर जब ऐश्वर्याको बयान सार्वजनिक भयो तब मानिसहरुले ती व्यक्तिबारे अनुमान गर्न बेर नै लगाएनन् । करिब दुई वर्षअघि ऐश्वर्या रायलाई कफी विद करण कार्यक्रममा इमरान हासमीले ‘प्लास्टिक’ भनेका थिए ।

उक्त कार्यक्रमको र्यापिड फायरको क्रममा जब इमरान हाशमीलाई ऐश्वर्या रायबारे प्रश्न सोधियो तब उनले उनलाई प्लास्टिक (नक्कली) बताएका थिए ।

इमरानको उक्त कमेन्टपछि ऐश्वर्याले कहिले पनि उनीसँग काम नगर्ने कसम नै खाएको बताइन्छ । स्रोतका अनुसार जब ‘बादशाहो’ ऐश्वर्यालाई अफर भयो तब उक्त फिल्ममा इमरान भएका कारण फिल्म अस्विकार गरेकी थिइन् ।

Advertisement

हुन त यसबारे इमरान हाशमीले स्पष्टिकरण पनि दिइसकेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘र्यापिड फायरमा जुन प्रश्न सोधिएको थियो हाँसो ठट्टामा प्लाष्टिक भनेँ, त्यो पनि उपहार जित्ने लोभमा ।’

इमरानका अनुसार उनी ऐश्वर्याका निकै ठूला प्रशंसक हुन् र यदि ऐश्वर्यालाई भेटेमा उनीसँग निश्चित रुपमा माफी माग्नेछन् । उनले बादशाहोमा ऐश्वर्यालाई अफर गरिएको र आफ्ना कारण उनले फिल्म अस्विकार गरेका बारे भने केही पनि जानकारी नभएको बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री