बुधबार, ४ असार २०८२

राष्ट्रपति भण्डारी र जापानका विदेशमन्त्री तारो कोनोबीच शिष्टाचार भेट

समयपोष्ट २०७५ पुष २६ गते १०:४१

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री