शनिबार, ३१ जेठ २०८२

दलित, विपन्न परिवारका विद्यार्थीलाई शैक्षिण सामग्री वितरण

समयपोष्ट २०७५ पुष २३ गते १४:२७

Advertisement

रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्वारा सङ्कलित रकमबाट सिरहा र धनुषाका ४० जना अति गरीब, दलित, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

कर्जन्हा नगरपालिका–११ स्थित बगहामा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा रहेका आधारभूत विद्यालयका र धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, कपी, कलम र डिक्सनरी लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

प्रत्येक विद्यालयबाट अति गरीब, दलित र विपन्न मध्येबाट १० जनाको दरले छनोट गरी ४० जना विद्यार्थीलाई करीब रु ६० हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

‘स्नेह’ बृद्धाश्रम सञ्चालन

Advertisement

घरपरिवार तथा छोराबुहारीबाट तिरस्कृत, अपमानित तथा घरबाट निकालिएका असहाय, गरीब वृद्धवृद्धाका लागि सिरहाको लहानमा ‘स्नेह’ वृद्धाश्रम कार्यालय स्थापना गरिएको छ ।

वृद्धवृद्धालाई खानपिन, रेखदेख, बसोवाससँगै माया तथा स्नेह प्रदान गर्ने उद्देश्यले वृद्धाआश्रम स्थापना गरिएको बताइएको छ । तत्कालका लागि कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिए पनि स्थानीय तथा तथा विभिन्न संस्थाको सहयोगमा वृद्धाश्रम निर्माण गरी सञ्चालन गरिने आश्रम सञ्चालक समितिका अध्यक्ष रीताकुमारी महतोले जानकारी दिए ।

महिला मानवअधिकार रक्षक सञ्जालकका राष्ट्रिय अध्यक्ष डा रेनु अधिकारी, समाजसेवी समूह काठमाडौँका हीरादेवी श्रेष्ठ, गुड हुमन अर्गनाईजेशन काठमाडौँका अध्यक्ष दशरथ सुनार, अपाङ्ग पुनःस्थापना केन्द्र लहान सिरहाका अध्यक्ष सञ्जय अग्रवाल लगायतले वृद्धाश्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा १०० जना वृद्धवृद्धालाई जाडो छल्न राहतस्परूप १०० ब्ल्याङ्केट प्रदान गरिएको अध्यक्ष महतोले जानकारी दिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री