शनिबार, ३१ जेठ २०८२

कंसाकारलाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता समातिए

समयपोष्ट २०७५ पुष २२ गते १५:४३

Advertisement

प्रहरीले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकारलाई कालोमोसो दल्ने मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ बर्षिय सुरेश तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो ।

वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले शुक्रबार कार्यकक्षमा गएर कालोमोसो दलेका थिए । कंसाकारले भने चन्दा रकम नदिए पनि आफूमाथि कालोमोसो दलिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री