शनिबार, ५ जेठ २०८१

पाँचथर पावर कम्पनीले ९ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७५ पुष २२ गते ११:४६

Advertisement

पाँचथर पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राइमरी सेयर जारी गर्ने भएको छ । कम्पनीले पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि सेयर जारी गर्न लागेको हो ।

प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ । केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। आयोजनाको निर्माण कार्य सकिएर २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ। आयोजनाको निमार्ण कार्य सकिएर उत्पादन थालेकोले कम्पनीको क्रेडिट रेटिङ अन्य कम्पनीको भन्दा राम्रो आएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री