शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७५ पुष २२ गते १०:४३

Advertisement

एभरेष्ट इन्स्योरेन्सले जारी गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । कम्पनीले मंसिर १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक हकप्रद निष्काशन गरेको थियो । कम्पनीले चुक्ता पूँजीको १०५ प्रतिशतका दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो । अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछन् ।

हकप्रदमा कार्तिक २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन गर्न सक्नेछन् यसअघि शतप्रतिशत (सबै) सर्वसाधारण शेयरधनी रहेको यस इन्स्योन्सले बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर बिक्री गरेको हो । एभरेष्ट इन्स्योरेन्सलाई संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउन यसअघि बीमा समितिले दिएको निर्देशन दिएको थियो ।

हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट ७७ जिल्लाबाटै आइतबार कार्यालय समयसम्म आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोग गरेर घरबाटै बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद बिक्री पश्चात कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत कायम हुनेछ भने चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री