शुक्रबार, ४ जेठ २०८१

माछापुच्छ्रे बैंकको लाभांश पारित, अध्यक्षमा डा. महतो चयन

समयपोष्ट २०७५ पुष २० गते १६:२६

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभोले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिबेदन पारित गर्दै उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ । बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमास सम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा रु. ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ । सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

यस्तै सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा बिरेन्द्र प्रसाद महतो, रोशन के सी र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा।बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री