बुधबार, ४ असार २०८२

एकल पुरुषलाई पनि भत्ता

समयपोष्ट २०७५ पुष २० गते ११:४६

Advertisement

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए ।

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”,उनले भने , “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो ।

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उनको जिकिर थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री