शनिबार, ८ वैशाख २०८१

जहाँ एक कोठाबाट हुने गर्छ करोडौको सेयर कारोवार

समयपोष्ट २०७३ माघ १८ गते ६:४३

संसारमा केही यस्ता स्टक एक्सचेञ्चहरु पनि छन् जसले सिर्फ दुई अथवा तिन कोठाबाट मार्केट सञ्चालन गर्ने गर्दछन् । यि कम्पनीहरुले दुई या तिन कोठाबाट हरेक दिन ३ देखि ४ कम्पनीको मात्र सेयर कारोबार गर्ने गर्दछन् । र पनि यि स्टक एक्सचेञ्जको कारोवार करोडौको हुने गरेको छ । सानो आकार र परिणाममा सेयर कारोवार हुने यि कम्पनीहरु आ आफ्नो देशको लागि अहंम रुपमा रहेका छन् । 

Advertisement

सेशेल्स – ट्रप  x (सेशेल्स सेक्यूरिटीज एक्सचेंज) 

मार्केट क्याप – ४३ मिलियन डलर 

ट्रेडिंग – यस कम्पनीमा जम्मा ४ स्टकमा ट्रेडिंग हुने गरेको छ । अफ्रिकी महाद्धिपमा अन्य देशभन्दा सेशेल्स सबैभन्दा कम  जनसख्या भएको राष्ट्र हो । यहाँको स्टक एक्सचेंजलाई संसारकै सबैभन्दा सानो स्टक एक्सचेंज भएको देशको रुपमा लिईन्छ । यो स्टक एक्सचेंजको सुरुवात् सन् २०१२ मा भएको हो । जहाँ तिन कोठामा जम्मा चार कम्पनीको सेयर कारोवार हुने गरेको छ । तर सेशेल्सको अर्थतन्त्रमा अहंम भुमिका निवार्ह गर्नेमा यो वित्तिय संस्था रहेको छ । 

कंबोडिया (कंबोडिया स्टक एक्सचेंज) 

मार्केट क्याप – १७६ मिलियन डलर 

ट्रेडिंग – यस कम्पनीमा ३ स्टकको मात्र कारोवार हुने गरेको छ । कंबोडिया स्टक एक्सचेंजको सुरुवात् २०१२ मा भएको हो । कम्बोडिया दक्षिण पूर्वि एसियाको महत्वपुर्ण देश हो । सिर्फ चार कोठाबाट कारोबार हुने यो स्टकमा जम्मा ३ कम्पनी मात्र लिष्टमा रहेका छन् । जसले कम्बोडियाको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका निभाएको छ । 

डूआला स्टक एक्सचेंज (क्यामरून)

मार्केट क्याप – ३१७ मिलियन डलर  

ट्रेडिंग – सन् २००६ मा सुरुवात भएको यस कम्पनीमा जम्मा ३ कम्पनीको कारोवार हुने गर्दछ । अफ्रिकाकै सबैभन्दा सानो स्टक मार्केटको रुपमा रहेको यस कम्पनीमा २०१३ पछि पनि खासै ठूलो परिवर्तन भने आएन । 

रुवाण्डा स्टक एक्सचेञ्ज

मार्केट क्याप – ४८० मिलियन डलर

ट्रेडिंग –  यस स्टक एक्सचेञ्जमा ३ कम्पनीको कारोवार हुनेगर्दछ । 

सीरिया 

मार्केट क्याप – ६६० मिलियन डलर

ट्रेडिंग –  यस स्टक एक्सचेञ्जमा २४ कम्पनीको कारोवार हुने गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री