मंगलबार, ११ वैशाख २०८१

दूरसञ्चार कम्पनीको खरिद बिक्री गर्दा सरकारको स्वीकृति अनिवार्य लिनुपर्ने

समयपोष्ट २०७३ माघ १७ गते ८:०३

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेलिकमसम्बद्ध सेवा प्रदायक कम्पनीको खरिद बिक्री गर्दा सरकारको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यवस्था गर्न निर्देशन दिएको छ । यस्ता  कम्पनीको खरिद बिक्री प्रक्रियामा कर छलीको विवाद आएपछि सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएरमात्रै प्रक्रिया अघि बढाउन सक्ने प्रावधान राख्ने निर्णय गरेको हो । सोही अनुरुप कानुन बनाएर लागू गर्न प्राधिकरणलाई सञ्चार मन्त्रालयले निर्देशन दिईसकेको छ । 

Advertisement

दूरसञ्चार नीतिको समीक्षा गर्न बसेको बैठकमा सञ्चारमन्त्री राम कार्कीले एनसेलको सेयर स्वामित्व परिवर्तनको कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर नयाँ नियम बनाउन निर्देशन दिए । हालसम्म कम्पनीको स्वामित्व परिवर्तन गर्दा अपरेटरहरुले प्राधिकरणलाई जानकारी गराउने गरेका छैनन् । यससम्बन्धी कानुन बनेपछि नेपाल टेलिकम र एनएसेलको सेयर स्वामित्व परिवर्तन गर्नुपरेमा सरकारलाई औपचारिक जानकारी गराउनुपर्नेछ । टेलिकम र एनसेलको अनुमतिपत्रमा पनि यस्तो शर्त उल्लेख गर्ने प्राधिकरणको योजना छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री