बिहीबार, १३ वैशाख २०८१

सिजीको एलइडी टिभी र स्मार्ट फोन बजारमा

समयपोष्ट २०७३ माघ १७ गते ७:२३

चौधरी ग्रुपले स्थापनाको दशौं बर्ष पुगेको अवसरमा एलइडी टिभी र स्मार्ट फोन बजारमा ल्याएको छ । सिजीले एलइडी टिभी सेगमेन्टमा ६५ इन्चको  एचडी टिभी र ११ हजार रुपियाँ बजार मूल्य तोकिएको फोरजी नेटवर्कमा आधारित सिजीको स्मार्टफोन बजारमा ल्याएको हो । देशभरीबाट ३ सय भन्दा बढी डिलरहरुको राष्ट्रिय भेला गरी  चौधरी समूहका अध्यक्ष विनोद चौधरीले सिजी ब्राण्डको नयाँ  टेलिभिजन लन्च गरेका थिए ।  स्मार्टफोन  नेपालमै बनेको  साथै  नेपालमा पहिलो पटक फोरजी नेटवर्कभित्र एचडी स्पिडसँगै सञ्चालन गर्न मिल्नेगरी तयार गरिएको कम्पनीले दावी गरेको छ । यसका साथै सिजी ब्राण्डले नयाँ ट्रली स्पिकर र हार्ड टक डोर फ्रिजर पनि चाँडै बजारमा ल्याउने घोषणा गरेको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री