मंगलबार, ११ वैशाख २०८१

हिमालयन पावर पार्टनरले जारी गर्यो आइपीओ ,लमजुङ्गबासीको लागि सुनौलो मौका

समयपोष्ट २०७३ माघ १७ गते ६:२७

हिमालयन पावर पार्टनर लिमिटेडले  १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले लमजुङ्गका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १ सय रुपैँया अंकित दरका १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण सेयर निष्काशन गरेको हो । सेयरमा लमजुुङ्ग जिल्लाका आयोजनाबाट अति प्रभावित छ गाबिस चिती, ढोडेनी, बन्सर,नौथर, श्रीभन्ज्याड., अर्चलबोटका बासिन्दाले पाँच लाख ३२ हजार ७ सय ८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै जिल्लाका अन्य गाबिसका बासिन्दाहरुलाई ५ लाख ३२ हजार ७ सय ९ कित्ता सेयरमा आवेदन खुला गरिएको छ ।लगानीकर्ताले कम्तिमा ५० कित्ता तथा बढीमा ५ सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । सेयरमा आवेदन दिने अन्तिम मिति  कम्पनीले छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म तोकेको छ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री