शनिबार, १५ वैशाख २०८१

एचएच बजाजको सोरुम महेन्द्रनगरमा

समयपोष्ट २०७३ माघ १७ गते ५:१५

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ सोरुम केएम इन्टरप्राइजेज कञ्चनपुरस्थित महेन्द्रनगरको भासीमा सञ्चालन गरेको छ । नयाँ सोरुममा बाइकका पार्टपुर्जा तथा एसेसरिज खरिदका लागि सहज बनाउने र यसकै माध्यमबाट एचएच बजाज सोरुमले आप्mनो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जनाएको छ ।

Advertisement

नयाँ सोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले  ग्राहक निरन्तर बढिरहेकामा निकै खुसी भएको बताए । त्यसका लागि हाम्रा ग्राहकलाई सही रूपमा सन्तुष्टिका साथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व भएको बताए । नयाँ सोरुमको शुभारम्भसँगै सोरुमले ग्राहकहरूका लागि आकर्षक पुरस्कार पनि प्रदान गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री