शनिबार, ८ वैशाख २०८१

प्रेम मै संसार अडिएको छ : नायिका आशिष्मा नकर्मीसंग अन्तरंग संवाद

समयपोष्ट २०७३ माघ १५ गते ३:२५

 अभिनय क्षेत्रमा लाग्नुको कारण ?
सानै देखि ईन्ट्रष्टेड थिए । मेरो फेमली मेरो बाबा पनि यहि क्षेत्रमा हुनुहुन्छ । संगित क्षेत्रमा भन्नुपर्दा हाम्रो परिवारका म चौथो जेनेरेसन हो । हजुरवुबा शास्त्रिय संगितमा विज्ञ गर्नुभएको छ । बाबा पनि सितारा बादक हो । म बच्चै देखि नाचगान गर्थे र सितारा बजाउथे । 
कहिले देखि अभिनय थाल्नु भो ?
 मैले सन् २००४ देखि अभिनय थालेकी थिए । नेवारी म्युजिक भिडियोबाट अभिनय सुरु गरेको हो । एस.एल.सी पछि नै मैले यस क्षेत्रमा पाईला चालेकी हु । 
यो क्षेत्रमा अभिनय भन्दा पनि यौवन विक्छ भन्छन् नि ?
त्यस्तो होईन । मैले पहिले देखि पनि भन्दै आईरहेको छु । दर्शकहरु छुट्टा छुट्टै हुन्छन् ।  कतिपय दर्शक अभिनय मन पराउने हुन्छन्,कोहि यौवन हेर्ने हुन्छन् । कसैलाई सामाजिक विषयको चलचित्र मन पर्छ । कसैलाई लभ स्टोरी मन पर्ला ।
जिवन के हो ?

Advertisement


ashishma

सघर्ष नै हो । हामि हर बखत संघर्ष गरिरहेका हुन्छौ । बाँच्ने कोसिस गरिरा हुन्छौ । 
प्रेम के हो ?
प्रेम जिवन हो । बिना पे्रम म त केहि पनि पाउदिन । किनकि बिहान उठेर आमाले एक कप चिया दिनुहुन्छ । त्यहाँबाट पे्रम सुरु हुन्छ । दिन भरि साथिभाई संग भईन्छ । बेलुकी घरमा बाबाले दिनभरी के–के भयो, कस्तो भयो भनेर सोध्नुहुन्छ ? बैनीहरु खायो की खाएन भनेर सोध्छ । त्यहि नै हो प्रेम । प्रेम मै संसार अडिएको छ । 
पहिलो प्रेम ?


ashishma_nakarmi_1498524485

पहिलो प्रेम थियो । नामै त म भन्न रुचाउदिन उहाँको । अहिले हामि संगै छैनौ ?
कसैसंग डेट जाने चाहाना छ ?
मैले अहिले त्यो सोचेको छैन । हर दिन मेरो जिन्दगीको नयाँ संघर्ष छ ।  मान्छेहरुको भिडबाट छुट्टै पहिचान बनाउन खोजिरहेकी छु । 
सेक्स के हो ? 
समाज हो । सृष्टि चलाउने एउटा अपरिहार्य कुरा हो । 
प्रेममा सेक्स अनिवार्य छ ?
अहिले म यो बिषयमा केहि भन्न चाहन्न । 
तपाँईलाई मन पर्ने एक जना नेपाली नायिका ?
करिष्मा मानन्धर 


ashshma_nepaliheroine

भबिष्यको सपना ?
कलाकार । एउटा धेरै अनुहारको बिचमा म आफुलाई स्थापित गराउन चाहान्छु । 
पछिल्लो समयमा नायिका बन्ने लहड निकै नै देखिन्छ, नायिकाहरुको बिचमा तपाँईको छुट्टै पहिचान चाँहि के हो ? 
पहिलो कुरा संगितको माहोलमा हुर्केर बुझेर यो क्षेत्रमा आएकी हुँ । म डिसिप्लीनमा छु । मलाई काम भनेको पुजा हो जस्तो लाग्छ । 
 आदर्श व्यक्ति ?
अरिवंश,मदनकृष्ण र मिथिला शर्मा । 
 घुम्न मनपर्ने नेपालका कुनै तिनवटा स्थान ?
मुस्ताङ, बन्दिपुर र काठमाण्डौ । 
सबैभन्दा बढी के मा विस्वास गर्नुहुन्छ ?
काम गराईमा । 
मन पर्ने खाना ? 
खास त्यस्तो रोजाई छैन । मलाई सबै खाना मन पर्छ । 
तपाँईलाई मिठोगरि पकाउन आउने खाना ?
मासु । 


Ashishma-Nakarmi-Hot-Figure-Coca-Cola-Song

तपाँई प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?
 मैले यस बारेमा सोचेको छैन । म प्रधानमन्त्री बन्नुभन्दा पनि राम्रो नागरिक बन्न चाहान्छु । 
तपाँईले हेरेको पहिलो नेपाली मुभी ?
कित माँया कित चिनो । ठ्याक्कै याद भएन । 
आफु कति सेक्सी छु जस्तो लाग्छ ?
लाग्दैन । बाहिरबाट हेर्दा सिम्पल नै छु जस्तो लाग्छ । 
आफ्नो ड्रिम बोय कस्तो होस् भन्ने चाहानुहुन्छ ?
अनुशासित होस् । सबै संग मिल्न सक्ने । माँया गर्ने,मेरो भावना संग मेल खाने । मेरो आमाबुवालाई आफ्नो आमाबुवा ठान्ने । 
पुरुष (केटा) हरुको के कुराले आकर्षण गर्छ ? 
बानि व्यवहार । 
झुट कत्तिको बोल्नुहुन्छ ?
बोल्छु कहिले काँहि । तर एकदम कम बोल्छु । 
बाहिरी सुन्दरता र भित्रि सुन्दरता मध्ये एक रोज्नुर्यो के रोज्नुहुन्छ ? 
भित्रि सुन्दरता । 

nakarmi-825x350


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री