शुक्रबार, ७ वैशाख २०८१

ल्यायो मारुतीले बजारमा डिजायरको स्पेशल एडिसन ‘एल्योर’

समयपोष्ट २०७३ माघ १४ गते ८:००

कार कम्पनी मारुती सुजुकीले लिमिटेड एडिसन स्विफ्ट डिजायर लञ्च गरेको  छ । भारतको सबैभन्दा चर्चित सेडान स्विफ्ट डिजायरको लिमिटेड एडिसन 'एल्योर'  भारतीय बजारमा लञ्च गरिएको हो । 

Advertisement

स्विफ्ट डिजायर लिमिटेड एडिसन 'एल्योर' मा 1.3 लिटर DDiS डिजेल र 1.2  लिटर K-series VVT पेट्रोल इञ्जिन राखिएको छ । यो कारको डिजेल इञ्जिनले 74bhp पावर र 190Nm टर्क जनरेट गर्दछ ।  त्यस्तै पेट्रोल इञ्जिनमा 83bhp  पावर र 115Nm टर्क जनरेट गर्दछ । कारको  डिजेल र पेट्रोल दुवै भेरियण्टमा ६ स्पीड म्यान्युअल गियरबक्स राखिएको छ । कारको डिजेल इञ्जिनसंग ६ स्पीड अटोमेटिक ट्रांसमिशन राखिएको छ । यस कारको इंटीरियरमा स्पेशल प्रीमियम लुक दिईएको छ । यो कारको लागि नर्मल सेडानको मुल्य भन्दा २७ देखि ३८ हजार बढी तिर्नुपर्ने छ ।

 कारको फिचर्स

'एल्योर' ६ ओटा कलरमा बजारमा उपलब्ध हुने छ । यस कारमा  साइड स्कर्टको साथै क्रोम बंपर कर्नर प्रोटेक्टर, एल्योर बडी ग्राफिक्स, क्रोम विंडो फ्रेम किट,लेदर सिट कभर र वुड गार्निश्ड ड्यास बोर्ड,फ्रंट सेंटर आर्म रेस्ट, एंबीएंट लाइटिंग र Nertz म्यूजिक सिस्टम जस्ता फिचर्सहरु रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री