शुक्रबार, १४ वैशाख २०८१

आईपीओ आबेदनमा जम्मा भएको पैसा अब राष्ट्र बैंकमा राख्नु नपर्ने

समयपोष्ट २०७३ माघ १४ गते ५:०६

नेपाल धितोपत्र वोर्डले सेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने व्यवस्थालाई हटाइ दिएको छ। यसअघि सेयर बिक्रि बन्द भएको छ कार्यदिनसम्म जम्मा भएको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था थियो।

Advertisement

धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ४० ले धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा ६ कार्यदिनको लागि जम्मा गर्नुपर्ने ब्यवस्था गरेको र यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्ने भन्ने व्यवस्था रहेको थियो ।

पुरानो व्यवस्थाले वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा समस्या आएको भन्दै वोर्डले त्यसलाई खारेज गरिदिएको हो। आफ्नो खाता रहेको बैंकबाट सेयर भर्न पाउने आस्वा प्रणाली लागू भइसकेको सन्दर्भमा पुरानो व्यवस्था यथावत राख्नु व्यवहारिक नभएको वोर्डको तर्क छ। पुरानो व्यवस्था खारेजीसँगै तरलतामा सहजता आउने वोर्डले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री