मंगलबार, ११ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी मर्जर गर्नुपर्ने अर्थमन्त्रीको प्रस्ताव,अवको क्याबिनेटबाट निर्णय हुने

समयपोष्ट २०७३ माघ ११ गते ३:५१

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्ज गर्नुपर्ने प्रस्ताव राखेका छन । मर्जको निर्णय अबको मन्त्रीपरिषद बैठकले गर्ने पनि उनले बताए ।

Advertisement

सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२औं वार्षिकोत्सब समारोहलाई संवोधन गर्दै उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।‘मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरिसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ,’ महराले भने ।

सरकारको पुर्णस्वामित्वको बैंक भएको नाताले आधारभुत तहका जनता, ग्रामिण र उत्पादनमुलक क्षेत्रमा बैंकिङ् सेवा पुर्याउने सरकारको दायित्व पुरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्ने वताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री