शुक्रबार, ७ वैशाख २०८१

शतप्रतिशत हकप्रद जारी गर्न एनबी इन्स्योरेन्स पुग्यो धितोपत्र बोर्ड

समयपोष्ट २०७३ माघ ११ गते ३:३६

एनबी इन्स्योरेन्सले एक बराबर एक अर्थात प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्रबोर्डमा आवेदन दिएको छ । कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।वोर्डले स्वीकृति दिएलगत्तै कम्पनीले सेयर जारी गर्ने सहायक महाप्रबन्धक शरण रेग्मीले जानकारी दिए। यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले फेरी शतप्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो ।

Advertisement

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री