सोमबार, ७ जेठ २०८१

विपन्नको नि:शुल्क स्वास्थ्य सेवा कागजमै सीमित

समयपोष्ट २०७३ माघ ११ गते ३:२९

 सरकारले गरिब र विपन्न नागरिकको उपचारका लागि ल्यएको १० प्रतिशत निशुल्क स्वास्थ्य सेवा कागजमै सीमित हुन पुगेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले गत पुस १ गतेबाट निजी र सामुदायिक अस्पतालमा १० प्रतिशत निशुल्क सेवा सुरु गरेको थियो । एक महिनाको अवधिमा गरिब तथा विपन्न परिवारको नामबाट एक जनाले मात्र सेवा लिएका छन् ।

सरकारी तथ्यांक अनुसार निशुल्क सेवा लिनेमा ललितपुर गोदावरीका ४५ बर्षीय कृष्ण विशुंखे छन् ।
उनले पहिलो दिन सरकारले दिएको निशुल्क सेवा लिएका थिए । वीर अस्पतालमा भर्ना भएका उनलाई सरकरले थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा भर्ना गराई निशुल्क सेवा सुरु गरेको थियो । कलेजोसम्बन्धी रोगको समस्याले लामो समयदेखि थला परेका विशुंखेको भर्ना भएको एक सातापछि मृत्यु भएको अस्पतालले जनाएको छ । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री