शुक्रबार, १४ वैशाख २०८१

नेपाल बंगलादेश बैंकको घट्यो खराव कर्जा, नाफा गत आर्थिक बर्षको तुलनामा ५० प्रतिशतले बढी

समयपोष्ट २०७३ माघ १० गते ७:०९

नेपाल बङ्गलादेश बैंकले ५४ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा गत आर्थिक बर्षको तुलनामा ५० प्रतिशतले बढी नाफा कमाउन सफल भएको हो । बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ३६ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले गतबर्षको यसै अवधिमा १.०८ प्रतिशत रहेको खराब कर्जा घटाएर  ०.९९ प्रतिशतमा झारेको छ । सर्वसाधारणको ४१ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले ३६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ७२ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री