बुधबार, १२ वैशाख २०८१

फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको साधारण सेयर आजबाट खुल्यो,आस्बा प्रणालीबाट आवेदन दिन सकिने

समयपोष्ट २०७३ माघ ९ गते ५:२३

 फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सले सर्वसाधारणको लागि साधारण सेयर जारी गरेको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर आईतबारबाट जारी गरेको हो । ६ लाख कित्ता सेयर  मध्ये ३० हजार कित्ता कर्मचारी,३० हजार कित्ता  सामुहिक लगानी कोष र  बाँकी ५ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि जारी गरिएको छ । 

Advertisement

सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढीमा ३ हजार कित्ता आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयरका लागि माघ ९ गते देखि माघ १२ गतेसम्म ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने  छ । 

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।

कम्पनीको साधारण सेयरमा आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । आवेदनको लागि लगानीकर्ताले किन्न लागेको सेयरको मुल्य बराबरको रकम भने बैंक खातामा हुनुपर्नेछ । आवेदन फर्ममा आवश्यक विवरण भरेपछि बैंकका कर्मचारीलाई १०० रुपैयाँ सेवा शुल्क दिई फारम बुझाउँन सकिन्छ । नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणलाई लाइन नबसी सेयर भर्ने सुविधा दिन गरेको आस्वा प्रणालीबाट फर्म भर्दा फोटो टाँस्नु पर्दैन । नागरिकताको फोटोकपि पनि राखिराख्नु पर्दैन तर फर्ममा नागरिकता नम्बर भने उल्लेख गर्नुपर्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री