शनिबार, ८ वैशाख २०८१

ग्राण्डीमा बालरोग उपचार सेवा अब चौबिसै घण्टा ,बिदाको दिन पनि बालबालिकाले उपचार पाउँने

समयपोष्ट २०७३ माघ ७ गते ६:३०

धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सातै दिन चौबिसै घण्टा सम्पूर्ण बालरोग उपचार सेवा प्रदान गर्ने भएको छ । सेवा संचालनको पाचौं बर्ष प्रबेश गरेको अवसर पारेर अस्पतालले बालरोग उपचारको लागि सातै दिन चौबिसै घण्टे सेवा सुरु गरेको हो । 

Advertisement

यससंगै  बालबालिकाहरुले हरेक दिन जुन समयमा पनि ग्राण्डी अस्पतालमा बालरोग बिशेषज्ञ सहितको पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि  समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नबजात शिशुकालागि नबजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट-एनआईसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाकालागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट-पिआईसियु) को सुविधा पाउँनेछन् । 

त्यसैगरी अस्पतालले सरुवारोगको संक्रमण भएका र सघन उपचार आबश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै आइसोलेसन कक्षको समेत ब्यवस्था गरेको जनाएको छ । अस्पतालमा जनरल पेडियाट्रिक ओपिडी -बाल बहिरङ्ग बिभाग अन्तर्गत बाल बालिकाहरुमा देखिने बिभिन्न किसिमका रोगहरुको पहिचान, निदान र उपचार गरिदै आएकोमा सो सेवा पनि अस्पतालले सातै दिन चौबिसै घण्टा उपलब्ध गराउँने जनाएको छ ।

अस्पतालमा नियोनेटल इन्टेन्सिभ केयर युनिट-एनआइसियु नबजात शिशु सघन उपचार केन्द्र अन्तर्गत नबजात शिशु तथा प्रिम्याचुअर (समय अगाबै जन्मिएका शिशुहरुलाई सघन उपचार को साथै  पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट –पिआइसियु, बाल सघन उपचार केन्द्र अन्तर्गत बालबालिकाहरुको सघन उपचार गरिदै आएको छ ।

 

त्यस्तै अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी, बाल स्वासप्रश्वास रोग उपचार अन्तर्गत बालबालिकामा देखिने दम र एलर्जी लगायतका स्वास प्रश्वास सम्बन्धि बिभिन्न रोगहरुको उपचार गरिनुका साथै बालरोग बिभागमा उपलब्ध पेडियाट्रिक पल्मोनोलोजिष्टहरुले तथ्यमा आधारित उपचार पद्धतिद्वारा रोगको निरुपण, निदान र उपचार गरिदै आएको छ ।  

 

अस्पतालमा पेडियाट्रिक सर्जरी, बाल शल्यचिकित्सा अन्तर्गत बालबालिकाको सामान्य देखि जटिल प्रकृतिका सर्जरी सेवा उपलब्ध रहेको छ भने  दक्ष तथा अनुभबि पेडियाट्रिक सर्जनहरुले सीप दक्षता र अनुभवको आधारमा धेरै जटिल सर्जरीहरु सफलतापुर्बक सम्पन्न गरिसकेका छन् ।  अस्पतालमा पेडियाट्रिक कार्डियोलोजी (बाल मुटुरोग उपचार) अन्तर्गत बालबालिकामा देखिने बिभिन्न मुटुरोगहरुको उपचार गरिन्छ । 

 अस्पतालमा बाल समर्पित खोप केन्द्रको समेत ब्यबस्था छ गरिएको हुँदा केन्द्रमा रहेको  खोप यूनिटले नेपाल सरकारको राष्ट्रिय खोप नीति अनुसार निःशुल्क खोप कार्यक्रम संचालन गर्दछ र बालबालिकाको आवश्यकता अनुसार बिशेष किसिमका खोप सेवा समेत उपलब्ध गरार्इरहेको छ । 

अस्पतालको नबजात शिशु परामर्श केन्द्र (नियोनेटल केयर युनिट)मा एकमहिना भन्दा कम उमेरका नबजात शिशुका आमा बाबुलाई सँगै राखेर बिशेषज्ञहरुद्वारा परामर्श दिइन्छ । नबजात शिशुको स्याहार तथा हेरबिचारसँगै स्तनपान र एक महिनाको अबधिमा सामना गर्नुपर्ने संभाबित चुनौती र त्यसलाई समाधानगर्ने बिषयमा समेत जानकारी गराइन्छ । आबश्यकता अनुसार कुनैपनि बेला बिशेषज्ञसँग परामर्श गर्न सकिने गरी हटलाइन अस्पतालले टेलिफोनको समेत ब्यवस्था गरेको छ ।  

 अस्पतालमा हेल्दी बेबि क्लिनिक (बाल स्वास्थ्य परिक्षण सेवा) अन्तर्गत बालबालिकाको स्वास्थ्य अबस्थाबारे जानकारी लिने तथा उनीहरुको स्वास्थ्य परिक्षण ,परामर्श तथा उपचार सेवा उपलब्ध गरिएको छ ।  जागरुक अभिभावकहरुकालागि बालबालिकाको बिकास तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे बिशेषज्ञ चिकित्सकहरुसँग जानकारी लिन यो सेवा उपयोगि रहेको भएको अस्पतालले जनाएको छ ।   यस अन्तर्गत बिशेषगरी बालबालिकाको उमेरको आधारमा पोषण र शारिरीक बिकासको परिक्षण गरी परामर्श तथा उपचार गरिन्छ ।अस्पतालमा पेडियाट्रिक ओपिडि तथा पेडियाट्रिक वार्डमा बालमैत्री प्ले लाउन्ज (बालमैत्री खेलकुद स्थल)को समेत ब्यवस्था गरेको  छ जहाँ बालबालिकाहरु डाक्टरको प्रतिक्षाको समयमा बिभिन्न खेल सामग्रिहरुसँग रमाउँन सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री