मंगलबार, ११ वैशाख २०८१

नेपाल एसबिआई बैंकले हकप्रदबाट आठ अर्ब पुर्याउने

समयपोष्ट २०७३ माघ ६ गते ६:१४

नेपाल एसबिआई बैंकले माघ २७ गते बोलाएको बार्षिक साधारणसभामा चालीस प्रतिशत हकप्रदको प्रस्ताव लैजाने भएको छ । साथै बैंकले साधारणसभाबाट गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २८ प्रतिशत वोनस वितरणको प्रस्ताव समेत पारित गर्देछ । राष्ट्र बैंकले तोकेको समयवधिभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउन बैंकले हकप्रदको बाटो रोजेको छ ।

Advertisement

बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । साधारणासभा र बोनस सेयर वितरण प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले दिने बोनस सुरक्षित गर्न माघ २२ गतेसम्म बैंकको सेयर खरिदगरी सक्नुपर्नेछ ।

बैंकले साधारणसभामा दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रदको प्रस्ताव समेत लैजाने भएको छ । संस्थापक सेयरधनी र साधारणसेयरधनीको शेयर स्वामित्व ७०:३० कायम गर्न हकप्रदको प्रस्ताव साधारणसभामा लैजान लागेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री