बिहीबार, १५ चैत २०८०

इण्डोनेसियाद्वारा नेपाललाई फ्रि र अनएराएवल भिसा

समयपोष्ट २०७३ माघ ६ गते ६:०५

इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले नेपाललाई फ्रि र अन्एराएवल भिसाको व्यवस्था गरिएको बताए । चार वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँगको बिदाई भेट सो कुराको जानकारी गराएका हुन् ।

Advertisement

भेटमा प्रधानमन्त्री दाहालले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्प पछिको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए । 

इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।

राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री