शनिबार, ८ वैशाख २०८१

ग्राण्डी अस्पतालमा ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई सम्पन्न

समयपोष्ट २०७३ माघ ५ गते ८:५९

धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा बालरोग उपचारको अबस्था र बिश्वस्तरमा भएका पछिल्ला उपलब्धिहरुका बारेमा छलफल गर्दै, नेपाल पेडियाट्रिक सोसाईटी र नेपाल मेडिकल एसोसिएसनसँगको सहकार्यमा अस्पतालले ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई कार्यक्रम सम्पन्न गरेको हो । 

Advertisement

सो कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले नेपालमा रहेका अस्पतालहरुबीच बिरामीको स्तरिय उपचारका लागि आपसि समन्वय र तालमेल अपरिहार्य रहेको बताए । त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सदैब तयार रहेको उनको भनाई थियो । 

त्यस्तै कार्यक्रममा नेपाल पेडियाट्रिक सोसाईटिका अध्यक्ष डा. बिनोदलाल बज्राचार्यले  बालरोग तथा नबजात शिशुको उपचारको नेपालले आफ्नै उपचार निर्देशिका बनाउँनुपर्ने र त्यसको पालन बालरोग बिशेषज्ञहरुले गर्नुपर्नेमा जोड दिए । 

बिश्वस्तरमा बालरोग तथा नबजात शिशुको उपचारको पछिल्लो अबस्था र नेपालमा हाल बालरोगको उपचारमा अपनाइएको बिधिहरुलाई अपडेट गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बालरोग बिभागका निर्देशक डा. बिनोद कुमार साह, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक सर्जन डा. आरपि चौधरी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. प्रशान्त रिजाल तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. अमृत घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

 कार्यक्रम अस्पतालका बालरोग बिशेषज्ञ डा. संजयराज थापाले संचालन गरेका थिए भने देशभरका लगभग एकसयजना बालरोग बिशेषज्ञहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री