बिहीबार, १३ वैशाख २०८१

भुकम्प पिडितलाई दोस्रो किस्ताको डेढ लाख आजबाट

समयपोष्ट २०७३ माघ ५ गते ८:१३

सरकारले आजदेखि तीन जिल्लाका भूकम्प पीडितलाई दोस्रो किस्ताको राहत रकम डेढ लाख रुपैयाँ वितरणसुरु गरेको छ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकाई प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखामा दोस्रो चरणको डेढ लाख रुपैयाँ वितरण गर्दैछ । तथ्यांक अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री