शुक्रबार, १६ चैत २०८०

हट्ने भयो साना चारपांग्रे सवारीसाधन ,२० वर्ष पुगेका सरकारी तथा निजी सवारीसाधन पनि चल्न नदिईने

समयपोष्ट २०७३ माघ ५ गते ७:२०

उपत्यकामा चारपांग्रे साना सवारीसाधनलाई क्रमिक रुपमा हटाईने  भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै माइक्रोबस,मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको  हो । उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन मात्र सञ्चालनमा ल्याउँने तयारी विभागले गरेको छ । त्यस्ता  साना सवारीसाधन सञ्चालकलाई कुनै सुविधा उपलब्ध गराएर आगामी चैतदेखि नै साना साधनलाई हटाउने कार्य सुरु हुने छ तर अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने हटाईने छैन । विभागले गरेको अनुमान अनुसार करिब एक वर्षको समयावधिमा ५० प्रतिशतले सवारीसाधन विस्थापित गरिने छ । 

Advertisement

यसैगरी  २० वर्ष पुगेका सरकारी तथा निजी सवारीसाधनलाई पनि फागुनको तेस्रो हप्तादेखि विस्थापित गर्ने गृहकार्य भइरहेको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौँ दिगो सहरी यातायात आयोजनाले अध्ययन गरी यातायात सेवा सञ्चालन गर्न त्यसले दिएको सुझाव अनुसार उपत्यकामा सञ्चालनमा आएका ठूला सवारीसाधनलाई विस्थापित गर्न लागिएको हो । यसको लागि विभागले सवारी तथा यातायात व्यवस्था ऐनका साथै सवारी तथा यातायात व्यवस्था नियमावलीको नीतिगत व्यवस्थालाई आवश्यकता अनुसार संशोधन तथा परिमार्जन गर्न सरोकार पक्षसँग सुझाव लिने र सरकारलाई सुझाव दिने छ ।

सो आयोजनाले सडक दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय प्रचलन अनुरुप ट्राफिक सङ्केत सार्वजनिक स्थानमा राख्न सुझाव समेत दिने छ । त्यस्तै उपत्यकाका करिब ३५ स्थानमा अत्याधुनिक ट्राफिक लाइट जडान गरी विभिन्न सार्वजनिक स्थलमामा अन्तर्राष्ट्रिय प्रचलन अनुसारका रङ, आकार र नमुना बमोजिमको ट्राफिक सङ्केत जडान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री